राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले प्रहरीलाई फूल दिएका छन्।
आइतबार बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि सुरक्षा घेरा हालेर बसिरहेका प्रहरीलाई राप्रपाका कार्यकर्ताले फूल दिएका हुन्।
एक जना महिलाले ब्यारिकेड अगाडि माइकिङ गर्न उभिएका प्रहरीलाई फूल दिएकी हुन्।
शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसदहरू पूर्वराजा ज्ञानेन्द्र शाहकहाँ लञ्च मिटिङका लागि पुगेका थिए।
पूर्वराजा शाहले तीनकुने घटनामा प्रहरीलाई फूल दिनुपर्नेमा ढुंगामुढा भएको भन्दै राप्रपाका सांसदहरूसँग गुनासो गरेका थिए।
तस्बिरहरू:
-1745136257.jpeg)
-1745136258.jpeg)
-1745136257.jpeg)
-1745136257.jpeg)
तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी