राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।
बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ राप्रपाले जनाएको छ।
साथै गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता/कार्यकर्ताबारे पनि छलफल हुनेछ।
तीनकुने घटनापछि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरामाथि मुद्दा चलाइएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरु निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।
बिहीबारको बैठकमा सोही विषयमा पनि छलफल हुने बताइएको छ।