मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा अहिराज फरार भएका छन्।
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि अहिराज फरार भएका हुन्।
उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।
त्यसबारेमा थप अनुसन्धानका लागि महिला सेलले पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
उनको खोजी र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।
'हामी घटनाको अनुसन्धान गर्दै छौं। आरोपीलाई खोज्दै छौं,' एसपी बोहराले भने।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।