क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएमात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन्।
पार्टीको ४ नम्बर ब्युरो (राप्ती) ले दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरमा आइतबार नेता वैद्यकी स्वर्गीय आमा जानकादेवि उपाध्याय वैद्यको श्रद्धाञ्जली कार्यक्रम राखेको थियो।
स्वर्गीय आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका महासचिव ‘किरण’ले क्रान्तिकारी शक्तिहरू एक भएमात्रै समाज रूपान्तरणको अभियान सुदृढ हुने बताएका हुन्।
‘क्रान्ति अझै अधुरो छ किनभने कम्युनिस्ट आन्दोलनमा विभाजन छ,’ उनले भने, ‘संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने महान् अभियान पुरा गर्न सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनु जरूरी छ।’
महासचिव वैद्यले आमाले आफूहरूलाई रूपान्तरणको लागि प्रेरणा दिएको स्मरण गरेका थिए।