सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ। बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।
उनले लामो समय अर्थ मन्त्रालयमा काम गरेका छन्। त्यस्तै उनीसँग भन्सार विभागको महानिर्देशक पनि भइसकेका छन्।
पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए।