राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दाको बहस सकिएको छ।
शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस भएको थियो।
बहस सकिएसँगै केहीबेरमा आदेश आउने रवीन्द्र मिश्रका वकिल वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिए।
मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दिएकी थिइन्।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन र उनलाई अदालतमै हाजिर गराउन आदेश जारी गरेको थियो।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४९ दिनदेखि प्रहरी हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।