प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सदनमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले बुधबार दिउँसो प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइए पनि उक्त समयमा बैठक बस्न सकेको छैन।
मंगलबार पनि प्रतिनिधि सभा बैठक बस्न सकेको थिएन।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने कांग्रेस र एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन्।