प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ।
दिउँसो १ बजेलाई बोलाइएको बैठक अपराह्न ५:२८ बजे सुरू भएको हो।
सभामुख देवराज घिमिरेले बैठक सुरू भएको जानकारी गराउनेबित्तिकै प्रतिपक्षी दलहरूले उठेर विरोध गरेका थिए।
सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताएका छन्।
विपक्षीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् भने सत्तापक्षले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन्।
लाइभ: