संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिका सभापति जीवन परियारले प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको बताए। प्रतिवेदनलाई अन्तिम रूप दिन आइतबार सिंहदरबारमा पटक पटक बैठक राखिएको छ।
‘समितिको कामको हामी अन्तिम चरणमा पुगेका छौं। आज हामी म्याद थपिएको सातौं दिनमा छौं। आज साँझसम्म सम्भवतः हामीले प्रतिवेदनलाई अन्तिम रूप दिएर भोलिको सभामा प्रस्तुत गर्ने तयारीमा छौं। यसको मतलव सबै काम सम्पन्न भइसकेको भन्ने होइन। हामीलाई प्राप्त चार वटा कार्यादेश दिएको थियो। हामी त्यो चारवटा कार्यादेशबारे छलफलकै क्रममा छौं। प्रतिवेदन फाइनल भइसकेको छैन। हामी कार्यादेशमा केन्द्रित भएर छलफल गरिरहेका छौं। यसलाई आज अन्तिम रुप दिएर भोलिको संसदको बैठकमा बुझाउने तयारीमा छौं,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)