दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनशन तोडेका छन्।
आइतबार १६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै मेयर भट्टराईले अनशन तोडेका हुन्।
‘विश्व जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गरौं, वन वातावरण र पर्यावरणयुक्त सामग्री प्रयोग गरौं’ भन्ने माग राखेर आन्दोलन गर्न उनी काठमाडौं आएका थिए।
काठमाडौं आएर उनले माइतीघरमा अनशन थालेका थिए।
उनको वार्ता टोलीले सरकारी पक्षसँग छलफल गरी १६ बुँदे समक्षदारी पत्रमा हस्ताक्षर समेत भएको हो।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा अनशन अन्त्य भएको थियो।
बाँसको प्रवर्द्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नर्म्सलाई अन्तिम रूप दिएर ४५ दिनभित्र स्वीकृत गरेने, वन तथा वातावरण मन्त्रालयले प्रवर्द्धनका लागि अन्य दुई तहका सरकारलाई अनुरोध गर्ने, खोटाङलाई बाँसको राजधानीको रूपमा विकास गर्ने लगायतका समक्षदारी भएका छन्।
यसरी १६ वटा बुँदामा दुई पक्षले समझदारी जुटाएका छन्।
दिक्तेलका वार्ता टोलीका प्रवक्ता दिनेशकुमार घिमिरे, शहरी विकास मन्त्रालयका सहसचिप नारायणप्रसाद मैनाली र वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले हस्ताक्षर गरेका छन्।
यो पनि: बाँसको महत्त्व बताउन भोक हड्तालमा बसेका मेयर




