नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जसले गल्ती गर्यो उसले आत्मआलोचना गर्नुपर्ने कुरा राखेका छन्।
स्थायी कमिटीको आइतबारको बैठक सकिएपछि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डलाई पत्रकारहरूले उपमहासचिव जनार्दन शर्माले बैठकमा राखेका विषयमाथि केन्द्रित रहेर प्रश्न सोधेका थिए।
त्यसमा जबाफ दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अहिले छलफल चलिराखेकैछ। जसले गल्ती गर्यो त्यसले आत्मआलोचना गर्ने कुरा हो।’
उपमहासचिव शर्माले आजकै स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए। अध्यक्ष प्रचण्डको कार्यशैलीका कारण ३१ लाख मत ११ लाखमा आइपुगेको उनको भनाइ थियो।
यो पनि: जनार्दन शर्माले स्थायी कमिटीमा भने- पार्टी निर्माणमा प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ, तयार छु