नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनको नारा तया गरेको छ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य!’ भन्ने नारा तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमालेको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ।
करिब २३ सय प्रतिनिधि रहने उक्त महाधिवेशनले ११ औं महाधिवेशनपछिका लागि विधान बनाउने छ।