विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई अगाडि बढाएको छ। कांग्रेसका भीम पराजुलीले नेकपा एमालेका विनोद ढकालभन्दा ४१ मतले अग्रता लिएका छन्।
भीमले २ सय मत गणना हुँदा १ सय १ मत ल्याउँदा ढकाल ६० मत ल्याउन सफल भएका छन्।
संघीय समाजवादी फोरमका उमेश यादवले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रल्हाद साहले ३ मत प्राप्त गरेका छन्।