बुद्ध एयरका संस्थापक तथा नेपालको पहिलो प्रमुख निर्वाचन आयुक्त र समाजसेवी सुरेन्द्र बहादुर बस्नेतलाई एक कार्यक्रम बिच दिङ्लाली बस्नेत समाजले सम्मान गरेको छ।
पूर्व मन्त्रीसमेत रहेका बस्नेतलाई खादा ओढाएर सम्मान गर्नुका साथै ३ फिट भन्दा अग्लो ताम्रापत्र सहित सम्मान गरेको हो। नेपालको पर्यटन क्षेत्र तथा सामाजिक क्षेत्रमा क्रियाशिल बस्नेत दिङ्लाली बस्नेत समाजका सस्थापक समेत हुन्। दिङ्लाली बस्नेत समाजका अध्यक्ष प्रेम बहादुर बस्नेतले उहाँ बस्नेत समुदायको मात्र नभएर देशकै गौरव भएको भन्दै यस्ता मानिसको अभुभवहरुलाई समेत दोस्रो पूस्तामा हस्तानन्तरण गर्न पहल गनुपर्ने बताए।