सुख्खा पहिरो झरेपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक अवरूद्ध भएको छ।
धुलिखेल–खावा सडकको ठकुरीगाउँनजिकै सुख्खा पहिरो झरेको स्थानीयले बताएका छन्।
उक्त सडक चार वर्षअघि नै ठेक्का लागेको भए पनि निर्माण कम्पनीले बनाउन नसकेपछि सम्झौता रद्ध गरेर पुनः प्रक्रिया अघि बढाइएको छ।
पानी पर्दा हिलाम्य र घाम लागेपछि धुलाम्य हुने उक्त सडक खण्डमा सुख्खा पहिरो झरेपछि सिन्धुपाल्चोक, पूर्वी काभ्रे, दोलखाबाट आउने सवारी र धुलिखेलतर्फबाट जाने सवारी बाटैमा रोकिएका छन्।