रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।
रिस किन उठ्छ?सामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ। यस्तो अवस्थामा रिस सृजना हुँदा यसई नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ।
प्राथमिक श्रेणीका कारणहरू मध्ये तल उल्लेखित अवस्थाहरुमा हामी प्राय रिसाउँछौं। तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दु:ख, कष्ट, अन्याय इत्यादि।
दोस्रो श्रेणीका कारणहरू- अव्यवहारिक तवरले रिस उठ्ने कारणहरु- मानसिक रोगहरु जस्तै : Mania, Agitated, डिप्रेसन, Anxiety, Psychosis, लागूपदार्थको प्रत्यक्ष असर इत्यादि।
रिसको असरहरूरिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढङ्गले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।
प्राय: जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
शारिरिक असरहरू:
टाउको दुख्ने, रक्तचाप बढ्ने, निन्द्रामा असर, पाचन प्रणालिमा असर र रोगसँग लड्ने क्षमतामा असर।
मानसिक असरहरू:
उदासिपन, नैराशयता, आत्मबिश्वासमा कमि, खानपिनको व्यवहारमा असर, लागुपदार्थको प्रयोग, आत्मघाती असर इत्यादि।
रिसको ब्यवस्थापन:सही तरिकाले रिसलाई अभिब्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ। यसको लागी हामीले रिस उठ्दा खेरीको संकेतहरु केके हुन् भनेर चिन्न सक्नु पर्छ र त्यस पस्चात् यसलाई कसरी ब्यवस्थापन गर्ने भनेर उपयुक्त किसिमका उपायहरू विकास गर्नुपर्छ।
रिस ब्यवस्थापन गर्नुको अर्थ हामीले रिसलाई थामेर बस्नु अथवा लुकाएर बस्नु अथवा रिस त्याग्नु होइन। रिस ब्यवस्थापनले हामीलाई सुरुवाती अवस्थामै नैरास्यता चिन्न सक्ने क्षमता विकास गर्ने र त्यसलाई ब्यवस्थित गरेर आफ्नो विचार र आवश्यकताहरूलाई शान्त र नियन्त्रित तवरले अभिब्यक्त गर्न सिकाउँछ।
१. सबैभन्दा पहिले रिस किन र के कती कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने (Self talk)। वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिस गर्ने ।
२. रिस उठ्दा हाम्रो शरिरमा के–कस्ता चेतावनी मुलक चिन्हहरू उत्पन्न हुने रहेछन भन्ने कुराप्रति सजग हुने। यी चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने।
३. नकारात्मक सोचहरूलाई चिन्ने।
४. शान्त हुने प्रकृयाहरू:
- रिसको शारिरिक अनुभुतिहरूमा ध्यान केन्द्रीत गर्ने।
- लामो–लामो श्ववास लिने।
- एकछिन break लिने।
- तनावपूर्ण स्थितिबाट एकछिन टाढा बस्ने।
- ब्यायाम गर्ने। एकछिन हिँड्ने।
- आँखाले सुन्दर र रमणीय दृष्य देखेको स्मरण गर्ने, कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने।
- जिउ तन्काउने, तनाव खिचाव महसुस भएको शरिरको भागहरूलाई मसाज गर्ने।
- बिस्तारै केहि समय लिएर १ - १० सम्म गन्ने।
- वास्तविकताको चेक जाँच गर्ने (त्यो अवस्थामा रिसाउन कतिको उपयुक्त थियो? मैले देखाएको प्रतिकृया त्यो अवस्थामा जायज थियो कि थिएन? रिस सम्हाल्नलाई मैले के गर्न सक्छु?
५. रिस अभिब्यक्त गर्ने स्वस्थवर्धक उपायहरू:
रिस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनुस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस्।
६. अन्तिममा मनोचिकित्सकसँग परामर्श लिनुस्।