प्रहरीले अवैध रूपमा लैजाँदै गरेको काठ नियन्त्रणपछि वन कार्यालयलाई बुझाएको छ।
ईलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले सात थान गोलिया र ट्रयाक्टरलाई नियन्त्रणपछि आवश्यक कारवाहीका लागि वन कार्यालयमा बुझाएको जानकारी दिएको छ।
प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा गएको प्रहरी टोलीले गढवा गाउँपालिका वडा नम्बर २ पचाहाबाट लु २ त ६९७८ नम्बरको ट्रयाक्टरसहित ३०.३८ क्यूफिट काठ बरामद गरेको जानकारी दिए ।
गढवा २ निवासी ट्रयाक्टर चालक मोहन चौधरीसहित ट्रयाक्टरलाई शुक्रबार नियन्त्रणमा लिएको र शनिबार ईलाका वन कार्यालय गढवामा बुझाइएको प्रहरीले बताएको छ। यसैबीच पक्राउ गरिएको काठबारे अनुसन्धानपछि यदि अवैध ठहर भएमा वन ऐन २०४९ र वन नियमावली २०५१ बमोजिम कारवाही हुने ईलाका वन कार्यालय गढवाका प्रमुख शिवकुमार महतोले बताएका छन् ।