दाङको तुलसीपुरमा बसको ठक्करबाट मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बसपार्कमा बसको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ वर्षीय लक्षिराम विटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।
बसपार्कबाट सडकतर्फ आउँदै गरेको ना ५ ख ५७६८ नम्बरको बसले विटालुलाई बिहान ११ बजेतिर ठक्कर दिएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।