नेपालीहरूको महान चाड विजया दशमी र दीपावली मनाएर काठमाडौं उपत्यका फर्किनेहरूको संख्या बढेको छ।
काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरू चाडपर्व सकिएसँगै फर्किन थालेका हुन्।
सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरूको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरू राजधानीका सडकमा बाक्लै देखिन्छन्।
सरकारी तथा निजी कार्यालय खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरू तथा चाडपर्व मनाउन घर गएकाहरू फर्किन थालेका छन्।
काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाका तथा बसपार्कमा शुक्रबार घरबाट काठमाडौं फर्किनेहरूको चहलपहल बाक्लो देखिन्छ। (न्युज एजेन्सी)
तस्बिरहरू:
-1700215359.jpg?timestamp=1700215451263)
-1700215358.jpg?timestamp=1700215451263)
-1700215357.jpg?timestamp=1700215451263)
-1700215357.jpg?timestamp=1700215451263)
-1700215354.jpg?timestamp=1700215451263)
-1700215355.jpg?timestamp=1700215451263)
-1700215356.jpg?timestamp=1700215451263)
-1700215356.jpg?timestamp=1700215451263)
-1700215353.jpg?timestamp=1700215451263)
-1700215353.jpg?timestamp=1700215451263)
-1700215352.jpg?timestamp=1700215451263)