काठमाडौंको बौद्धनाथ क्षेत्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत धार्मिक क्षेत्र हो। यो बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल पनि हो।
पूर्णिमाको दिन बौद्धनाथ क्षेत्रमा विशेष पूजा हुने गर्छ।
बौद्धनाथ क्षेत्रमा पुग्दा यहाँको वातावरण उमंगमय देखिन्थ्यो। बौद्धनाथको लुन्दरहरू फेरिनेदेखि बौद्ध स्तुपको दुई आँखालगायत अन्य भागमा नयाँ रंग लगाउने काम भैरहेको थियो। पूर्णिमाको दिन विशेष गरी रंग लगाउने गरिन्छ। तर यस पटक अरू दिनमै लगाइएको हो।
यहाँ आउने भक्तजनहरूले आफ्नो मनकामना पूरा होस् भनेर त कसैले आफ्नो दिवंगत आफन्तको आत्मशान्तिको निम्ति रंग र लुन्दरहरू चढाउने गरिन्छ।
यहाँ आउने पर्यटक र बौद्ध धर्मावलम्बीहरूको गतिविधि अनि यहाँको रमाइलो वातावरणका केही झलक: