गत कात्तिकमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले पश्चिममा ठूलो जनधनको क्षति भयो। क्षतिपछि सरकार अस्थायी संरचना बनाउने तयारीमा लागेको छ।
यस्तै शक्तिशाली भूकम्प नेपालमा २०७२ सालमा गएको थियो। जसकारण ८ हजार ९ सय ७९ ले मानिसले ज्यान गुमाएका थिए भने १० लाख बढी संरचनाहरू भत्किएका थिए।
त्यसयता थुप्रै संरचनाहरू पुनर्निर्माण पनि भए। तर कतिपय संरचनाहरूले अझै पनि त्यतिबेलाको भूकम्प सम्झाउँछ।
आठ वर्षअघि गएको भूकम्पले क्षति पुर्याएका कतिपय संरचनाहरू अझै पुनर्निर्माण हुन सकेको छैन। त्यस्ता संरचनाहरू अहिले पनि टेकोका भरमा छन्।
काठमाडौंको बसन्तपुर, हनुमानढोका, ललितपुरको पाटन लगायतका ठाउँमा टेको लगाएका घरहरू देख्न सकिन्छ। यस्ता संरचनामा मानिसहरू जोखिम मोलेर बस्न बाध्य छन्।
तस्बिरहरू: