मेलम्ची खानेपानी आयोजनाले २८ दिनभित्र पानी ल्याउने लक्ष्य राखेर अस्थायी पथान्तरण प्रक्रिया सुरू गरेको छ।
मेलम्ची खोलो फर्काएर करिब २७ किलोमिटर लामो सुरूङमार्फत् काठमाडौंको उत्तरपूर्वी सुन्दरीजलमा खसालिन्छ। सुन्दरीजलको महांकालमा पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ।
यो प्रशोधन केन्द्र जापान सहयोग नियोग (जाइका)को सहयोगमा बनाइएको हो। पानी प्रशोधन केन्द्र निर्माणका लागि जाइकाले पाँच अर्ब सात करोड ८० लाख रुपैयाँ उपलब्ध गराएको थियो।
प्रशोधन केन्द्र निर्माण र त्यससँग सम्बन्धित परामर्श सेवाका लागि उक्त रुपैयाँ खर्च भएको हो।
२०७० पुसबाट बनाउन थालिएको प्रशोधन केन्द्र २०७४ मंसिरमा सकिएको थियो। प्रतिदिन आठ करोड ५० लाख लिटर पानी प्रशोधन क्षमताको केन्द्रले अहिले आफ्नो काम गर्न पाएको छैन।
मानिसहरूको खासै आउजाउ नहुने केन्द्रले मेलम्चीको पानी पर्खिइरहेको छ।
तस्बिरहरूः