डिसेम्बर २५, अर्थात क्रिसमस डे। विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ। यसपालि आउने सोमबार क्रिसमस पर्छ। तर अहिले काठमाडौंमा अहिलेदेखि नै क्रिसमसको चहलपहल बढेको छ।
नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रूपमा मनाउँछन्।
खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन्। क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, कमलपोखरी, बौद्ध, बानेश्वर, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ।
क्रिसमस ट्रि लगायतको सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ। हेर्नुस् तस्बिरहरू बानेश्वरमा क्रिसमसको चहलपहल :