देशभरीका गुरूङ समुदायले विभिन्न कार्यक्रम गरी आज तमु ल्होसार मनाइरहेका छन्।
तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम भइरहेको छ।
गुरूङ समुदायका मानिसहरू आज बसन्तपुरमा भेला भई त्यहाँबाट र्याली गर्दै टुँडिखेल पुगेका छन्।
तस्बिरहरूः