स्वर्गद्वारी आश्रम गुठी पीडित किसानहरू गत फागुन ८ गतेदेखि आन्दोलनमा छन्।
उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालय दाङ अगाडि धर्ना दिएका छन्।
यो पनि: मोही किसानको माग– हामीले जोतभोग गर्दै आएको जमिनको लालपुर्जा देऊ, नभए अनागरिक घोषणा गर
सडकमै खाने, सुत्ने र रित्तो थाल ठटाउने, सिठ्ठी फुक्ने र मानव साङ्लो बनाई बजार परिक्रमालगायत विरोधका कार्यक्रम उनीहरूले गरेका छन्।
स्वर्गद्वारी आश्रम प्यूठानको नाममा दर्ता स्रेस्ता कायम भएको दाङको एक हजार ५० बिघा जग्गामध्ये सात सय ५३ बिघामा तीन हजार बढी किसानको मोही छ।
सर्वोच्च अदालतले २०६२ चैत १४ गते स्वर्गद्वारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नू/नगराउनू भन्ने उत्प्रेषण मिश्रित आदेश गरेको थियो।
त्यसैले उनीहरूले मोहियानी हक पाउन सकेका छैनन्।
आफूहरूले पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गाको स्वामित्व पाउनु पर्ने मागसहित उनीहरूले पछिल्लो समय आन्दोलन गरिरहेका छन्।
भिडिओ: