बर्दियाको गेरूवास्थित कर्णाली नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।
दिउँसो ३ बजेतिर गेरूवा गाउँपालिका– ६ गुप्तीपुरस्थित गेरूवा कर्णाली नदी किनारमा पहिचान नखुलेको मानिसको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार नदीमा मानिसको शव फेला परेको सूचनापछि प्रहरी चौकी मनाउबाट प्रहरी नायब निरीक्षक लोकमान ताम्राकरको कमाण्डमा ३ जना, इलाका प्रहरी कार्यालय पाताभारबाट वरिष्ठ नायब निरीक्षक गणेश सिंहको कमाण्डमा ५ जना, इप्रका राजापुरबाट प्रहरी निरीक्षक नबिन थापाको कमाण्डमा ३ जनाको टोली पुगेको थियो।
मृतकको अन्दाजी ५० वर्षको जस्तो व्यक्तिको काँधमा जनैसहितको चाबी पनि फेला परेको छ।
प्रहरी टोलीले पहिचान हुन नसकेको शव नदीवारि ल्याइसकेको जानकारी दिएको छ।
शवको पोष्टमर्टमको लागि अस्पतालतर्फ लैजाने तयारी गरिएको छ।