भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी भएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारमा मंगलबार ट्रकमा आगलागी भएको हो।
भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगो लागेको हो।
केमिकलहरु आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताए।
(राससको सहयोगमा)