काभ्रेपलाञ्चोकमा मिनि टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार राति ९:५५ बजे काभ्रेको धुलिखेल नगरपालिका-३ बाँसघारीस्थित अरनिको राजमार्ग सडकमा बनेपाबाट धुलिखेल जाँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नम्बरको मिनि टिपरले पैदलयात्रीलाई ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
मृत्यु हुनेमा ठेगाना नखुलेका ६५ वर्षीय लालबहादुर तामाङ रहेका छन्। काभ्रे प्रहरीका अनुसार मृतकको गोजीमा भेटिएको स्वास्थ्य सेवा कार्डबाट उनको पहिचान खुलेको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो।
टाउको र खुट्टामा चोट र दाहिने कानबाट रगत बगिरहेको गम्भीर अवस्थामा अस्पताल पुर्याइएकोमा राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
टिपर र चालक महाभारत गाउँपालिका-४ बस्ने ३१ वर्षीय पदम लामा जिल्ला प्रहरी कार्यलयको को नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।