दोलखाको जिरीमा धेरै भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जिरीमा पछिल्लो एक घन्टामा ६८.८ मिलिमिटर वर्षा भएको छ। बुधबार दिउँसो २:५५ देखि ३:२५ सम्मको तथ्यांक हो यो।
विभागका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाले जिरी भई बहने जिरी खोला तथा खिम्ती खोलामा आकस्मिक बाढी आउन सक्ने खतरा औंल्याएको छ। नदी तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।