गोरखाको शहिद लखन गाउँपालिकाले मंसिर ५ गते बुधबार बिदा दिने भएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यामबहादुर वृकट्टाले मंगलबार जारी गरेको सूचनामा बुधबार गाउँपालिकाभर स्थानीय बिदा दिने उल्लेख छ।
गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमाना क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गठी पञ्चमी पूजा हुँदैछ। उक्त पूजालाई लक्षित गर्दै गाउँपालिकाले हरेक वर्ष गुठी पञ्चमीका दिन बिदा दिँदै आएको छ।
गाउँपालिकाभित्रका सबै कार्यालय र विद्यालय बिदा रहने सूचनामा उल्लेख छ।