बागलुङमा ८० वर्षीय वृद्धको आगोमा जलेर मृत्यु भएको छ।
ताराखोला गाउँपालिका-१ भुस्कात बस्ने ८० वर्षीय हस्तबहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए।
गुरूङले आइतबार अपराह्न ५ बजे घरदेखि ५० मिटर टाढा गएर चउरमा आफैमाथि पेट्रोल छर्केर आगजनी गरेका हुन्।
जलिरहेको देखेर श्रीमती र छोराले तत्काल आगो निभाएर धौलागिरी प्रादेशिक अस्पतालमा पुर्याएका थिए।
उनको कम्मर भन्दा माथिल्लो भाग जलेको थियो। राति १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी यादवले बताए।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।