कैलालीमा ब्राउन सुगरसहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
लम्की चुहा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
शंका लागि चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट ४ ग्राम ६०० मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उनी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट पक्राउ परेका थिए।
गोदावरी नगरपालिका–४ बसन्तपुरका १८ वर्षीय योगेश जोशी पनि पक्राउ परेका छन्।
गोदावरी नगरपालिका– २ पूर्व रोडमा हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।