बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो पौने ३ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ भुइँपुलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्र २-०३-००१ ख ०६०७ नं.को टिपर र बा. ०१-०२५ च ५०७६ नं.कार ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका कारमा सवार दुई जनाको मृत्यु भएको हो। उनीहरूको उपचारका लागि प्रसूति अस्पताल निजगढ लगिएको थियो।
त्यहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
मृतकमध्ये सर्लाही बर्हथवा-१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरि शर्माको सनाखत भएको छ। चालकको सनाखत हुन बाँकी छ।
टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।