दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा घोराहीकी अन्दाजी ३०/३५ वर्षकी पुष्पा डाँगी र दाङको राजपुर गाउँपालिका वडा ५ का ५६ वर्षका मिलसरोज यादव रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई लमही अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोषित गरेको हो।
कपिलवस्तुको कृष्णनगरबाट आउँदै गरेको बस शुक्रबार बेलुकी ६ बजेतिर दाङमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी ७ जना घाइतेको लमही अस्पतालमा उपचार भइरहेको र ५ जनालाई सिसहनियाँतर्फ लगिएको दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्वामा ना ३ ख ६९९६ नम्बरको बस सडक किनारमै पल्टिएको थियो। दुर्घटनास्थल लमही बजारदेखि १० किलोमिटर पूर्वमा पर्छ।