बालुवाटार लगायतका क्षेत्रहरूमा शनिबार एक घन्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै बालुवाटार, लाजिम्पाट, पानीपोखरी क्षेत्रलगायत महाराजगन्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तर्गतका स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो।
ती स्थानमा ट्रान्स्फर्मरको डिओ प्रतिस्थापन गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको पनि प्राधिकरणले जनाएको छ।
त्यसकारण केहीबेर विद्युत अवरूद्ध हुने र काम सकिएलगत्तै पुनः सुरू हुने प्राधिकरणले जनाएको छ।