गुडिरहेको बसमा आगो लागेको छ।
बाँकेको नेपालगञ्जबाट बुटवल तर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा शुक्रबार बेलुका आगलागी भएको हो।
नेपालगञ्ज-अगैया हुलाकी सडक खण्ड अन्तर्गत राप्तीसोनारी गाउँपालिका – ६ राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा गुडिरहेको बसमा अचानक आगलागी भएको थियो।
बसमा वाइरिङका तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी बाट बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका – ८ का ३५ वर्षीय हिमबहादुर शाहीले बस चलाएर नेपालगञ्जबाट बुटवलतर्फ लैजाँदै थिए । बसमा चालक र सहचालक मात्रै सवार रहेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) बाँकेबाट प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धाना भइ रहेको प्रहरीले जनाएको छ ।