बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ।
पाल्पाको रैनादेवी छहरा घर भई बुटवल उपमहानगर-११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान साढे ९ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार क्षेत्रीको ढाडमा गोली लागेको छ। उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ।
गोली कसले र किन प्रहार गरेको हो भन्ने केही खुल्न सकेको छैन।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।