स्याङ्जामा एक पुरूष मृत भेटिएका छन्।
पुतलीबजार नगरपालिका-३ लत्रेपिपलका अन्दाजी ४० वर्षीय मिलनबिक्रम सेन गएराति साढे १ बजे खेतमा मृत भेटिएका हुन्।
उनी शुक्रबार बेलुकी साढे ७ बजे खेतमा पानी लगाउन जान्छु भनेर घरबाट निस्किएका थिए।
अबेरसम्म पनि फर्केर नआएपछि परिवारका अन्य सदस्यहरू खोजतलासका लागि गएका थिए।
खोजीको क्रममा घरबाट एक किलोमिटर पूर्वतर्फ रहेको बडेखोलामा पानीको बीचमा मृत भेटिएका हुन्।
मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थल नजिकबाट १२ भोल्टको ब्याट्री, तार र माछा मार्ने फुर्लुङ बरामद गरेको स्याङ्जाका डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिए।