रूपन्देहीको एक नदीमा तीन जना बालक बेपत्ता भएका छन्।
सोमबार साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बालकहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
१३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता छन्।
उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका हुन्।
सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली पुगेर खोजी थालेको छ।