दाङको तुलसीपुरमा एक जनाले आफैलाई गोली हानेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले तुलसीपुर उपमहानगरपालिका- ७ मोतीपुर निवासी अन्दाजी ८३ वर्षका नारायण आचार्यले आफैलाई गोली प्रहार गरेको जानकारी दिए।
आचार्यले घरमै आफैलाई गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार उनले लाइसेन्स प्राप्त बन्दुक प्रयोग गरेका थिए।
गोली प्रहारबाट उनको मृत्यु भएको प्रहरी उपरीक्षक तिमिल्सिनाले सेतोपाटीलाई जानकारी दिए।
आचार्य २५ वर्षसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए। दुई वर्षअघि मात्र उनी रेडक्रसको नेतृत्वबाट हटेका थिए।
घटनाबारे प्रहरीले दिउँसो २ बजेतिर खबर पाएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले हतियार कोठाभित्रै फेला पारेको जनाएको छ।