मकवानपुरमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
थाहा नगरपालिकाकी १३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा ३६ वर्षीय बुवा पक्राउ परेका हुन्।
उनीविरूद्ध छोरीसहित आफन्तहरूले गत शुक्रबार उजुरी दिएका थिए। सोही उजुरीको आधारमा बुवालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
'बालिकामाथि गत कात्तिक महिनादेखि पटकपटक बलात्कार गर्दै आएको उजुरी छ,' उनले भने, 'त्यसैले बुबालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।'
बुवामाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।