झन्डै एक महिनापछी बबरमहल क्षेत्रमा दिउँसोको समयमा सवारी साधनले ओहोर-दोहोर गरेका छन्।
शिक्षकहरूले सडक आन्दोलन फिर्ता लिएपछि बबरमहल क्षेत्रमा एक महिनादेखि हुँदै आएको प्रदर्शन रोकिएको हो।
बिहीबार त्यस क्षेत्रमा सवारी-साधनहरुको सहज आवातजावत देखिन्थ्यो।
यद्यपि अन्तर्राष्ट्रिय श्रमिक दिवस भएका कारण सवारी आवागमन पातलै देखिएको छ।
शिक्षकहरूले चैत २० गतेदेखि माइतीघरबाट बबरमहलसम्म प्रदर्शन गर्दै आएका थिए।
प्रदर्शनका क्रममा माइतीघर-बानेश्वर सडक बन्द गरिन्थ्यो।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म शिक्षकहरूको आन्दोलनका कारण उक्त क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिएको थियो।
बुधबार शिक्षक महासंघ र सरकारबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको छ।
आन्दोलन फिर्तापछि दिउँसोको समयमा पनि बबरमहल-माइतीघर सडक खुलेको छ।
तस्बिरहरूः
-ink-1746096195.jpeg)
-ink-1746096195.jpeg)
-ink-1746096195.jpeg)
-ink-1746096195.jpeg)
-ink-1746096194.jpeg)
-ink-1746096194.jpeg)
-ink-1746096193.jpeg)
-ink-1746096193.jpeg)
-ink-1746096192.jpeg)
-ink-1746096192.jpeg)
-ink-1746096191.jpeg)
-ink-1746096191.jpeg)
-ink-1746096191.jpeg)
-ink-1746096191.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।