नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ।
आइतबार प्रहरी प्रधान कार्यालयले सात जना डिआइजीको सरूवा गरेको हो।
सातमध्ये ६ जना डिआइजी प्रदेश प्रहरी प्रमुख भएका छन्।
ईश्वर कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख भएका छन्। त्यहाँ राजन अधिकारीको एआइजीमा बढुवा भएसँगै पद खाली थियो।
उमाप्रसाद चतुर्वेदीको मधेस प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ। लालमणि आचार्यको एआइजीमा बढुवा भएसँगै खाली रहेको ठाउँमा चतुर्वेदीको सरूवा भएको हो।
अरूण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेशकुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, राजेन्द्रप्रसाद भट्टको लुम्बिनी प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखमा डम्बरबहादुर बिकको सरूवा भएको हो।
त्यस्तै गोविन्द थपलियाको केन्द्रीय अनुसन्धान ब्युरोमा सरूवा भएको छ।

