काठमाडौंको मखन गल्लीमा लागेको आगो ६ वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीका दुई घरमा बुधबार बिहान पौने ७ बजेतिर आगलागी सुरू भएको हो। उक्त आगलागी बिहान पौने ९ बजे नियन्त्रणमा आएको हो।
आगलागी नियन्त्रणमा लिन तीन वटै सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। त्यस्तै स्थानीय समेतको सहयोगमा आगलागी नियन्त्रणमा आयो।
जुद्धवारूणको दुइटा दमकल, नेपाली सेनाको एउटा, रामहिटी, ललितपुर महानगर र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागी दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको थियो। आगलागी भएको थाहा पाएपछि यो घरमा रहेका मानिसहरू बाहिर निस्किए।
तर आगो लागेको तलाभन्दा माथिल्लो तला (चौथो तला) मा बसोबास गर्दै आएकी ८० वर्षीया वृद्धा घरबाहिर निस्कन सकिनन्।
काभ्रे घर भई मखन गल्लीको उक्त घरको चौथो तलामा बस्दै आएकी ८० वर्षीया विष्णु अधिकारी मृत फेला परेकी हुन्। घरमा लागेको आगो निभाउने क्रममा उनको शव फेला परेको थियो।
उनी नाङ्लोमा सामान राखेर बेच्ने काम गर्दै आएको खुलेको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।
ती प्रहरीका अनुसार उनका श्रीमानको पनि चैतमा मृत्यु भएको थियो। साथै आगो छिमेकी रूकेश श्रेष्ठको पाँच तले घरमा पनि सल्किएको थियो। उक्त घरमा रहेका मानिसहरू घर बाहिर निस्केका थिए।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी
-ink-1747208693.jpeg)
-ink-1747208694.jpeg)
-ink-1747208693.jpeg)
-ink-1747208692.jpeg)
-ink-1747208692.jpeg)
-ink-1747208691.jpeg)
-ink-1747208691.jpeg)
-ink-1747208691.jpeg)
-ink-1747208691.jpeg)
-1747208017.jpeg)
-1747208017.jpeg)
-1747208015.jpeg)
-1747208016.jpeg)
-1747208016.jpeg)
-1747208016.jpeg)
-1747208015.jpeg)