काभ्रेको पनौतीमा बस दुर्घटना भएको छ।
बेथानचोक गाउँपालिका-६ स्थित पनौतीबाट जाँदै गरेको बस दुर्घटना परेको हो।
बुधबार अपराह्न साढे ५ बजे बस दुर्घटनामा परेको जानकारी आएको छ। प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए।
'दुर्घटना भएको जानकारी आएको छ, हाम्रो टोली घटनास्थलमा पुग्दैछ,' डिएसपी घलले भने।