अछामको साँफेबगरमा राति खोरमा पसेर चितुवाले किसानका बाख्रा मारेको छ।
मध्यराति करिब साढे ११ बजेतिर अछामको साँफेबगर नगरपालिका – १० ठाँटीका किसान रामबहादुर बोगटीको बाख्रा खोरमा प्रवेश गरी चार वटा बाख्रा मारेको हो। थप दुई वटा बाख्रा फेला परेका छैनन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीका अनुसार तीन वटा बाख्रा भने सकुशल फेला परेका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय घुघुरकोटबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा पाँच जनाको टोली पुगेको छ।
घटनास्थल इप्रका घुघुरकोटबाट झन्डै दुई किलोमिटर पूर्वमा पर्छ।