सुर्खेत प्रहरीले एकैदिन चार जना विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ।
बलात्कार मुद्दामा अदालतबाट २ वर्ष ६ महिना कैद सजाय तोकिएका रमेश बुढा पक्राउ परेका छन्। उनी जिल्लाको चौकुने गाउँपालिका – ३ का हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार हातहतियार खरखजाना मुद्दामा ५ महिना कैद र ५००० आर्थिक जरिवानको फैसला सुनाइएका गणेशबहादुर डाँगी पनि पक्राउ परेका छन्।
डाँगी गुर्भाकोट नगरपालिका–९ का हुन्।
त्यस्तै, कुटपिट मुद्दामा जनही २५०० जरिवानको फैसला भएका भेरीगंगा नगरपालिका–११ की चन्द्रकला विक र गीता कामी पनि पक्राउ परेका छन्।
पक्राउपछि उनीहरू सबैलाई तोकिएको सजाय वा जरिवाना भुक्तानका लागि सोमबार नै जिल्ला अदालतमा पेस गरिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता बुढथापाले कैद तोकिएकै दुई व्यक्ति अदालतको आदेशले कारागार चलान गरिएको भए पनि आर्थिक जरिवानामा मात्रै तोकिएकाहरू तोकिएको जरिवाना बुझाएर छुटेको जानकारी दिए।