काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएको छ।
शनिबार बिहान पुल भाँचिएसँगै सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रूपमा रहेको उक्त पुल ४५ वर्ष अगाडि निर्माण भएको थियो।
पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरू जाममा परेका छन्।
त्यस्तै स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्थे। पुल भाँचिदा कतिपय स्थानीय जोखिम मोलेर हिँडिरहेका छन्। प्रहरीले अहिले उक्त पुलमा छेकबार लगाएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
-1751694805.jpeg)
-1751694805.jpeg)
-1751694804.jpeg)
-1751694804.jpeg)
-1751694802.jpeg)
-1751694802.jpeg)
-1751694803.jpeg)
-1751694803.jpeg)
-1751694801.jpeg)
-1751694801.jpeg)