रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।
चीनतर्फ गएराति परेको भारी वर्षाका कारण लेन्दे खोलामा आएको बाढी भोेटेकोशीमा पसेको थियो।
बाढीमा परी अहिलेसम्म १८ जना बेपत्ता छन्।
उद्धार गर्न गएका नेपाल प्रहरीका तीन जना बेपत्ता भएका छन्।
प्रहरीसहित ९ जनाको उद्धार भएको छ।
बाढीले रसुवागढी भन्सारको बन्दरगाहमा क्षति पुगेको छ। त्यहाँ राखिएका गाडीहरू पनि बगाएको छ।
बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तस्बिरहरूः






