उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।
बिहीबार न्यायाधीश लम्सालले सर्वोच्च अदालत पुगेर राजीनामा दिएका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले यसको पुष्टि गरेका छन्।
उनी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए।
उनी एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने थिए। त्यसअगावै स्वास्थ्य अवस्थाको कारणले राजीनामा दिएका हुन्।
योसँगै उच्च अदालतमा न्यायाधीशको रिक्त पद २७ पुगेको छ।
यसअघि दुई जना मुख्य न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश भएका थिए।